दफा ५८०
अरूको वस्तु नासो राखेकोमा नासो राख्ने व्यक्ति जिम्मेवार हुनेः

कसैले आफ्नो हक, अधिकार वा स्वामित्वमा नभएको वस्तु कसैलाई नासो राख्न दिएकोमा त्यसरी नासो लिएको कारणबाट नासो लिनेले तेस्रो व्यक्तिप्रति कुनै दाबी वा हानि, नोक्सानी वा त्यस्तो नासो सम्बन्धमा कुनै खर्च व्यहोर्नु पर्ने भएमा त्यस्तो खर्च समेत नासो दिने व्यक्तिले व्यहोर्नु पर्नेछ ।